Online Nepal
  • सोमबार, १२ साउन २०८२
  • प्रभु बैंकको ५० हजार कित्ता संस्थापक सेयर बिक्री खुला हुँदै

    प्रभु बैंकको ५० हजार कित्ता संस्थापक सेयर बिक्री खुला हुँदै

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 1.8K
    SHARES

    काठमाडौं। प्रभु बैंकले संस्थापकतर्फको ५० हजार कित्ता सेयर बिक्री गर्ने भएको छ। उक्त सेयर बैंकले शिलबन्दी बोलकबोलमार्फत बिक्री गर्ने जनाएको हो।

    सेयरको न्युनतम मूल्य बैंकले १४० रुपैयाँ तोकेको छ। तोकिएको मूल्यभन्दा कम मूल्य राखेर आवेदन दिन पाइने छैन। यस्तै, न्युनतम दश हजार कित्ताका लागि बोलकबोल पेस गर्नु पर्नेछ। अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।



    इच्छुक संस्था वा व्यक्ति जो कोहीले उक्त बोलकबोलमा भाग लिन सक्नेछन्। विद्यमान संस्थापक सेयरधनी पनि बोलकबोलमा सहभागी भएर बोलपत्र आवेदन बुझाउन सक्नेछन्।

    बैंकले भदौ १० देखि सिलबन्दी बोलकबोलका लागि आवेदन खुला गर्नेछ। बोलकबोलमा भदौ १७ गतेसम्म आवेदन पेस गर्न सकिनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार