Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कलंकीमा सञ्चालित खसी बजार १५ दिनभित्र हटाउन महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले कलंकीमा सञ्चालित खसी बजार १५ दिनभित्र हटाउन निर्देशन दिएको छ।

महानगरपालिकाले खसी बजारका कारण वातावरणमा असर पुर्‍याएकाे भन्दै बिहीबार सूचना जारी गरी हटाउन निर्देशन दिएको हो।

महानगरपालिकाले यसअघि नै खसी बजारका कारण नदी प्रदूषण भएको, छरछिमेकलाई बाधा परेको र फोहोरमैलाका कारण वातावरणमा गम्भीर असर पुगेको भन्दै हटाउन स्थानीयहरुले उजुरी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077