Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसदमा भीम रावलको कविता - देशको हाल के भन्नु यहाँ गोलमाल र बेहाल छ

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नागरिकतासम्बन्धी विधेयकको छलफलका क्रममा बिहीबार प्रतिनिधिसभामा कविता सुनाएका छन् ।

उनले रोष्ट्रममा आफ्नो धारणा राख्नुअघि कविता सुनाएका हुन् ।

उनले भने,‘ देशको हाल के भन्नु यहाँ गोलमाल र बेहाल छ, नागरिकताजस्तो सस्तो छ साह्रै स्वाधीनता दाउमा छ ।’

नेता रावलले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम उचित मात्र नभई राष्ट्रियता रक्षाका लागि उनको कर्तव्य नै भएको बताए ।

राष्ट्रपतिले फिर्ता गरिसकेपछि संसदीय समितिमा छलफल गर्न तयार नहुनु लोकतान्त्रिक अभ्यास नभएको रावलले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077