Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कक्षा १२ को उत्तरपुस्तिका परीक्षणको काम सकियो, प्राप्ताङ्क इन्ट्री गरिँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यलयले कक्षा १२ को उत्तरपुस्तिका परीक्षण सकिएको जनाएको छ ।

गत जेठमा सञ्चालन गरेको परीक्षाको उत्तरपुस्तिका परीक्षण सकेर प्राप्ताङ्क चढाउने काम भइरहेको हो ।

यो काम भदौको दोस्रो हप्ता सक्ने परीक्षा बोर्डले जनाएको छ । नतिजा प्रकाशन यसपटक लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार हुनेछ ।

जस अनुसार प्रयोगात्मक परीक्षामा न्यूनतम ४० अंक ल्याउनुपर्नेछ र सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ अङ्क ल्याउनुपर्नेछ । परीक्षा जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा ४ लाख भन्दा बढी परीक्षार्थी सहभागी भएको बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077