Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बालेनलाई हर्कको कटाक्ष : फोहोर सोहोर्न नसक्नेले के फुइँ लाउनु, फोहोर ठेगान लगाएर कुरा गर्नु

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई फोहोर व्यवस्थापनलाई लिएर पुनः घोचपेच गर्दे स्टाटस लेखेका छन् ।

बिहीबार साँझ फेसबुकमार्फत साम्पाङले बालेनको नाम नलिइ फोहोरसम्म सोहोर्न नसक्नेले के फुइँ लाउनु भन्दै कटाक्ष गरेका हुन् ।

हिजो बेलुकीदेखि बालेनलाई लक्षित गर्दै काठमाडौंको फोहोर आफू आएपछिमात्र उठाउन सुरु गरेको स्टाटस लेखेका थिए । उक्त स्टाटसमा बालेनले टिप्पणी गरेपछि आजसम्म पनि स्टाटस भाइरल नै बनेको छ ।

त्यसबाट आक्रोशित बालेन्द्रले हर्ककै पोस्टमा जवाफ फर्काउँदै स्थानी निर्वाचनमा पनि आफू उनैले उपलब्ध गराएको लौरो चुनाव चिह्नबाट उठेको भन्दै कटाक्ष गरेका थिए।

यद्यपी हर्कको बालेनविरुद्ध स्टाटस लेख्ने क्रम भने रोकिएको छैन। उनले फेरि सामाजिक सञ्जालमा लेखेका छन्, 'फोहोर सम्म सोहोर्न नसक्नेले के फुइँ लाउनु बेकारमा ! फोहोर ठेगान लगाएर बल्ल कुरा गर्नु है ! हावा गफ होइन काम चाहिएको छ जनतालाई !'

केही दिनअघि काठमाडौं आएर फर्किएका मेयर साम्पाङले बालेनविरुद्ध स्टाटस लेखिरहेका छन् । हिजो बालेन्द्रले जवाफ फर्काएपछि यी दुई स्वतन्त्र मेयरबीच चलेको जुहारी रोकिएको छैन ।

यस्तै फेरी उनले बालेन लक्षित अर्को स्ट्याटस पोष्ट गर्दै लेखेका छन् 'मैले के भनें कसरी भनें भन्दा पनि मैले भनेको कुराले कस्तो र कति तरंग ल्यायो र काला चस्मा लाएर सुतिरहेकाहरु कसरी जुर्मुराए भन्ने कुरा हेर्नु ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077