Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुई थान अवैध भरुवा बन्दुक बरामद

दाङ । दाङमा अवैध रुपमा लुकाइिछपाइ राखिएका दुई थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।

जिल्लाको गढवा गाँउपालिका–१ मलमलास्थित डिलबहादुर कुमालले लुकाइछिपाइ राखेको उक्त दुई थान बन्दुक बरामद गरिएको हो ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट प्रहरी निरक्षिक रन्जु केसीको कमाण्डमा खटिएको टोलीले कुमालको घरबाट भरुवा बन्दुक थान एक र १ नाले १२ बोरको बन्दुक गरी २ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बरामद गरिएको बन्दुक जिल्ला प्रहरी कार्यालय घोराही पठाइएको प्रहरीले जनाएको छ । अवैध बन्दुक राख्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077