Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पदाधिकारी टुंगो लगाउन माओवादी स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अहिले बैठक जारी छ ।

अध्यक्ष प्रचण्ड आन्तरिक छलफलमा व्यस्त भएपछि पूर्वनिर्धारित समयभन्दा एक घण्टा ढिला बैठक सुरु भएको हो ।
आजको बैठकले पदाधिकारीको नाम टुंगो लगाउने सम्भावना रहेको छ।

आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गर्न सक्ने बताइएको छ। सो नाममा सहमति जुटेको खण्डमा आज नै पदाधिकरी चयन प्रक्रिया टुंगिनेछ।

माओवादी केन्द्रको २०७८ पुसमा महाधिवेशन भएको थियो। अपूर्ण केन्द्रीय कमिटी बनाएर महाधिवेशन सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077