Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रामेछापमा बाढीले पाँच घर बगायो, स्थानीय त्रासमा

रामेछाप । नासिङ खोलामा आएको बाढीले रामेछापको गोकुलगङ्गा गाउँपालिका–२ ठोसेमा पाँच घर बगाएको छ ।

बिहीबार दिनभरि परेको पानीका कारण ठोसेको एकामफेदी बाहुनटोलमा रहेको नासिङ खोलामा आएको बाढीले पाँच घर बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रहरीका अनुसार बाढीले सन्तोष रोका, ज्ञानबहादुर रोका र रमेश रोकाको २ तले पक्की घर बगाएको हो । यस्तै, हरिबहादुर खत्री र धनलक्ष्मी गुरागाईँको ढुङ्गा माटोले बनेको घर बगाएको छ ।

बाढीका कारण विस्थापित भएकाहरु अहिले छिमेकीको घरमा बसिरहेको रामेछाप प्रहरीले जनाएको छ । घर बगाए पनि मानविय क्षति भने भएको छैन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077