Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

दीपकराज गिरीको व्यंग्य - लट्ठी जुधाएरै भाँच्यौ भने के टेक्छौ के बजाउँछौ ?

काठमाडौं । धरानका मेयर हर्क साम्पाङ र काठमाडौंका मेयर बालेन साह बीचमा जुहारी चलिरहेको बेला कलाकार दीपकराज गिरीले सोही विषयलाई लक्षित गर्दै व्यङ्ग्य गरेका छन् ।

दुवै मेयर स्वतन्त्र उम्मेदवारको रूपमा एउटै चुनाव चिन्न लौरोबाट विजयी भएका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘लट्ठी टेक्ने हो ।, आपत पर्दा बजाउने पनि हो ।।, लट्ठी जुधाएरै भाँच्यौ भने के टेक्छौ के बजाउँछौ ?’

धेरैले सरसल्लाह आदान प्रदान गर्दै मिलेर अघि बढ्नु पर्छ भन्ने खालका प्रतिक्रिया दिइरहेका वेला कलाकार गिरीले पनि त्यस्तै किसिमको प्रतिक्रिया पोस्ट गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077