Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भारतमा १५ हजार सात सय बढी कोरोना सङ्क्रमित थपिए, थप ३० जनाको मृत्यु

    भारतमा १५ हजार सात सय बढी कोरोना सङ्क्रमित थपिए, थप ३० जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ३ भाद्र २०७९
  • 981
    SHARES

    काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा थप १५ हजार सात सय ५४ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको छ ।

    यसैसँगै भारतमा चार करोड ४३ लाख १४ हजार छ सय १८ जना कोरोना भाइरस सङ्क्रमित भइसकेका छन् । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख एक हजार ३० जना रहेका छन् ।



    गत २४ घण्टाको समय अवधीमा कोरोना सङ्क्रमणबाट यहाँ ३० जनाको मृत्यु भएको छ । नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् ।



    भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार