Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लागुऔषधसहित निजगढका २ जना पक्राउ

बारा । निजगढ नगरपालिका–८ बाट २ जनालाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले चेकजाँच गर्ने क्रममा २४ वर्षीय सुजल लामा र  ३९ वर्षीय सन्तबहादुर लामालाई लागुऔषधसहित पक्राउ गरेको हो ।

ट्राफिक प्रहरीले प्रदेश–२–०३–०१३ प ९४४६ नम्बरको स्कुटर चेकजाँच गर्दा डाइजेपाम, फेनारागन र नेफिन गरी जम्मा २६–२६ थान बरामद गरेको  छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले थप अनुसन्धानका निम्ति उनीहरूलाई ईलाका प्रहरी कार्यालय निजगढलाई बुझाएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077