Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राष्ट्रपतिद्वारा पाटनको कृष्ण मन्दिरमा पूजा–अर्चना

ललितपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले पाटनस्थित कृष्ण मन्दिरको पूजा, आराधना गरेकी छन् ।

शुक्रबार ललितपुरको पाटनस्थित मंगलबजारमा रहेको कृष्ण मन्दिरको पूजा, आराधना गरेकी हुन् । राष्ट्रपति भण्डारीले आज कृष्ण जन्माष्टमीको अवसर पारेर मन्दिरको दर्शन गरिन् ।

कृष्ण अष्टमीको दिनमा आज ललितपुरको पाटनस्थित मंगलबजारमा रहेको कृष्ण मन्दिरमा पूजा गर्नेको भीड लाग्छ । हरेक वर्ष पाटनको कृष्ण मन्दिरमा दर्शनार्थी भक्तजनहरूको भीड हुन्छ ।

साथै विभिन्‍न कृष्णगाथाको मञ्‍चन गरेर समेत कृष्ण जन्माष्टमी पर्व मनाइन्छ । हरेक वर्ष भाद्र कृष्ण अष्टमीको दिनलाई कृष्ण जन्माष्टमीको दिनको रूपमा मनाउने गरिन्छ ।

आज देशभर भगवान श्रीकृष्णको पूजा, उपासना गरेर अष्टमी पर्व मनाइँदै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077