Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चट्याङ लागेर गोठालाको मृत्यु, एकजना बेहोस

मुगु । मुगुमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको छायानाथरारा नगरपालिका–११ का १९ वर्षीय अजबहादुर कुमाईको चट्याङ लागेर मृत्यु भएको हो । भने अर्का शेरबहादुर बुढा बेहोस भएका छन् ।

नगरपालिकाको ऋणीमोक्ष बाघजाउला भन्ने ठाउँमा बिहीबार दिउँसो भेडा चराउँदै गर्दा एक्कासी चट्याङ लागेर कुमाईको मृत्यु भएको र बुढा बेहोस भएको प्रहरीले जनाएको छ ।

बेहोस भएका बुढा एक घण्टापछि होसमा आएर घर फर्किएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077