Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सातवटै प्रदेशमा बिहानैदेखि वर्षा, यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा आज पनि बदली र वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार केही स्थानमा आज बिहानैबाट वर्षा भइरहेको छ ।

प्रदेश–१ मा सामान्यदेखि पूर्णतया बदली रही बाँकी भू–भागमा बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश–१ तथा सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । वर्षाको सम्भावना रहेका स्थानमा पहिरो जानसक्ने र यातायात सेवा अवरुद्ध हुनसक्ने सम्भावना रहेकाले सचेत रहन पनि विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077