Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

अस्तित्व रक्षाका लागि एमाले विरुद्ध गठबन्धन गरेर आउदै छन् : टोपबहादुर रायमाझी

चितवन । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पाँच दलीय गठवन्धनले जिते देश थप २०/२५ बर्ष पछि धकेलिने टिप्पणी गरेका छन् । चितवनको भरतपुरमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव रायमाझीले यस्तो बताएका हुन् ।

एमालेविरुद्ध बनेको गठबन्धनले निर्वाचनमा जितेमा देश अहिलेकै जस्तो हालतमा पुग्ने र नेपाली जनता थप निराश हुनुपर्ने अवस्था आउने उनले बताए ।

उनले एमाले विरुद्ध अरु पार्टीहरु अस्तित्व रक्षाका लागि गठबन्धन गरेर आउन लागेका बताए ।

रायमाझीले भने ‘आफ्नै पार्टीको नेतृत्वको सरकारलाई गिराएर विपक्ष दलको नेतालाई प्रधानमन्त्री बनाउने प्रवृत्तिलाई के भन्ने ? कम्युनिष्टको भोटले जित्ने, पार्टीको प्रधानमन्त्री बनाउने अनि गिराउने, दुनियाँमा यस्तो कहिँ पाइदैन, पूँजीवादी विचार बोकेर समाजवादमा पुग्न सकिदैन ।’

अहिले अराजनीतिक, असैद्धान्तिक खालको गठबन्धन बनिरहेको भन्दै सचिव रायमाझीले जसरी भए पनि गठबन्धन बचाउने, लुटेर खाने प्रवृत्ति देखिएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077