Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले ४ मंसिरको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी भदौ १० देखि २४ सम्म चुनावी अभियान घोषणा गरेको छ ।

कांग्रेसले यही भदौ १० गतेदेखि देशभर चुनावी अभियान सञ्चालन गर्ने घोषणा गरेको हो । अभियानका बारेमा जानकारी दिन शनिवार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा भदौ १० देखि २४ गतेसम्म ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गरिने जनाइएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले चुनावी अभियान घोषणा गरेको हो ।

उक्त अभियानमा ७७ जिल्लामा नै केन्द्रीय प्रतिनिधि खटाइने पार्टीले जनाएको छ । केन्द्रीय प्रतिनिधिका लागि आइतवार अभिमुखीकरण कार्यक्रम राखिएको छ । केन्द्रीय प्रतिनिधिहरूलाई पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रशिक्षण दिने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077