Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

अरिङ्गाल र बच्छ्युँ खाने एमालेलाई गठबन्धन नामको झुसे बारुलाले फरक पर्दैन : ओली

इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन नामको झुसे बारुलोले एमालेलाई असर पार्न नसक्ने टिप्पणी गरेका छन् ।

अखिल नेपाल महिला संघ झापाको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै ओलीले निरङ्कुश राजतन्त्र फाल्ने एमालेलाई गठबन्धनले केही पनि गर्न नसक्ने दाबी गरेका हुन्।

ओलीले भने, ‘अरिङ्गाल र बच्छ्युँ खाने एमालेलाई झुसे बारूलाले जस्तो सुकै गठबन्धन केही फरक पर्दैन’

उनले एमाले ठिक हो कि होइन भन्ने दुविधा पाल्न नहुने बताए। नारी शक्ति उठेर सबै खाले गठबन्धनलाई परास्त गर्नुपर्ने उनको भनाइ छ।

महिलाहरू दृढताका साथ पार्टीको पक्षमा उभिएका र अब पनि महिलाहरू पार्टीको निर्णय र गन्तव्यको पक्षमा उभिनु पर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077