Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमसिसी माधव नेपालको कार्यकालबाट सुरू भएको हो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले ल्याएको दाबी गरेका गरेका छन् ।

कांग्रेस प्रदेशसभा क्षेत्रीय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

माधव नेपालको पालाबाट क्रमशः झलनाथ खनाल, डा। बाबुराम भट्टराई र पुष्पकमल दाहाल हुँदै अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सम्झौता स्वीकृत भएको थापाले बताए।

एसपिपीले प्रकारान्तरमा नेपाललाई अफ्ठ्यारो पार्ने भएकोले खारेज गरेको बताए। केही समयअघि मात्रै परराष्ट्रमन्त्री डा.नारायण खड्का चीन भ्रमणमा जाँदा चीन नीतिमा प्रतिवद्ध रहेको बताएको भन्दै काँग्रेस एक चीन नीतिमा अडिग रहने स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077