Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

माओवादीले सबै प्रदेशमा चुनाव लक्षित प्रशिक्षण चलाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले सात भौगोलिक दुइ गैर भौगोलिकसहित नौ प्रदेशमा चुनाव लक्षित प्रशिक्षण गर्ने भएको छ ।

आगामी भदौ सात गतेसम्म गठबन्धनको चुनावी तालमेलका विषयमा गम्भीर छलफल हुने भएकाले भदौ आठ गतेदेखि १७ गतेसम्म पार्टी प्रशिक्षण गर्ने भएको हो ।

पार्टीलाई चुनाव केन्द्रीत बनाउन राजनीतिक तथा वैचारिक प्रशिक्षण भदौ आठ गतेदेखि मधेस प्रदेशबाट सुरु गर्ने जनाइएको छ ।

यस्तै भदौ ९ गते गण्डकी प्रदेश, १० गते प्रदेश नम्बर एक, ११ गते लुम्बिनी प्रदेश, १२ गते बाग्मती प्रदेश, १३ गते उपत्यका विशेष प्रदेश, १५ गते सम्पर्क समन्वय समिति प्रदेश, १६ गते कर्णाली प्रदेश र १७ गते सुदूरपश्चिम प्रदेशमा प्रशिक्षण गर्ने भएको छ ।

पार्टीलाई मंसिर ४ गतेको चुनावमा केन्द्रीत गर्न राजनीतिक तथा वैचारिक प्रशिक्षण गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077