Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जसपा नेपालको प्रवक्तामा मनिसकुमार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले मनिस कुमार सुमनलाई पार्टीको प्रवक्ता तोकेको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले सुमनलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

जसपाको केन्द्रीय कार्यकारिणी समिति सदस्य सुमनले आफूलाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएको भन्दै नेतृत्वप्रति धन्यवाद ज्ञापन समेत गरेका छन् ।

यसअघि जसपाको प्रवक्ता डम्बर खतिवडा थिए । जसपाबाट बाबुराम भट्टराई अलग भएपछि खतिवडाले जसपा छाडेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077