Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

माधवलाई भीमको जवाफ - हामी १० बुँदेमा नअडेको भए देशको हरिबिजोग टुलुटुलु हेर्नुपर्ने रहेछ

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई जवाफ फर्काएका छन्।

अध्यक्ष नेपालले एमालेमा केपी शर्मा ओलीसँग आत्मसमर्पण गरेर बसेका १० भाइको बिजोग रहेको कटाक्ष गरेपछि त्यसको जवाफ फर्काएका हुन्।

नेता रावलले ट्वीटरमा लेखेका छन्, ‘नेताद्वय केपी र माधवद्वारा निर्मित कार्यदलबाट तयार तथा ती नेता सहमत १० बुँदामा नअडेको भए गठबन्धनले प्राकृतिक स्रोत विदेशीलाई बुझाउने,

देश विदेशीको सैनिक अड्डा बनाउने, विदेशीलाई नागरिकता खोल्ने, संविधान मिच्ने, भागवण्डा र सिद्धान्तहीन तालमेलले देशको हरिबिजोग टुलुटुलु हेर्नुपर्ने रहेछ।’

ओली र माधव नेपालद्वारा निर्मित कार्यदलबाट तयार पारेको १० बुँदे सहमति गरेर नबसेको भए देशको हरिबिजोग हुने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077