Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • साउनमा झन्डै दुई अर्बको विद्युत् भारत निर्यात

    साउनमा झन्डै दुई अर्बको विद्युत् भारत निर्यात

    अनलाइन नेपाल
  • आइतबार, ५ भाद्र २०७९
  • 795
    SHARES

    फाइल फोटो

    काठमाडौँ । चालू आर्थिक वर्ष (आव) २०७९र८०को पहिलो महिनामा झन्डै दुई अर्ब रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले चालू आवको साउन महिनामा एक अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको विद्युत् निर्यात गरेको छ ।

    प्राधिकरणले देशभित्र खपत गरी बढी भएको २४ करोड २६ लाख ८३ हजार युनिट विद्युत् साउनमा भारततर्फ निर्यात गरेको हो । विद्युत् निर्यातबाट साउनमा औसतमा दैनिक पाँच करोड ९३ लाख रुपैयाँ कमाउन सफल भएको प्राधिकरणले जनाएको छ ।



    वर्षायाममा देशभित्रको माग भन्दा बढी उत्पादन गर्न सकिने अवस्था आएकोले भारतीय बजारमा प्रतिस्पर्धामार्फत विद्युत् बिक्री गर्न सफल भएको प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।



    नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप १११ मेगावाट विद्युत् इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीको प्रस्ताव गरेको छ ।

    प्राधिकरणले ४ जलविद्युत गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी आइएक्समा प्रतिस्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेश गरेको हो । केन्द्रीय विद्युत् प्राधिकरणबाट अनुमति पाएपछि थप विद्युत् निर्यात सुरु हुने छ । अहिले ३६४ मेगावाट बिजुली भारतमा विक्री भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार