Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाली सेनाको क्याप्टेन हुँ भन्दै हिँड्ने एकजना पक्राउ

जाजरकोट । जाजरकोटमा नेपाली सेनाको क्याप्टेन हुँ भन्दै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जाजरकोट नलगाड नगरपालिका-१३ खातीगुर्ता बस्नेत २७ वर्षीय विष्णु गिरी नक्कली कागजातसहित पक्राउ परेका हुन् ।

सरकारी छाप, दस्तखतको दुरुपयोग गरी नक्कली परिचयपत्र बनाई हिँड्ने गरेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

उनको साथबाट नेपाली सेनाको सहसेनानी दर्जा सहितको फोटो भएका परिचयपत्र समेतका कार्डहरु पनि बरामद गरिएको छ ।

उनीमाथि अनुसन्धानका लागि जिल्ला अदालतले पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077