Jul 18 2026 | २०८३, श्रावण २ गते

18 Jul 2026 | शनिवार, श्रावण २ गते २०८३

शनिवार, श्रावण २ गते २०८३
images
images

निहारिकाले तोडिन अनसन, सरकारसँग तीन बुँदे सहमति

काठमाडौं । आफूलाई बलात्कार गरेर पेट बोकाउने पुरुषमाथि कारबाहीको माग गर्दै लामो समय अनसनमा रहेकी निहारिका राजपुतले अनसन तोडेकी छन् ।

सरकारसँग तीन बुँदे सहमति भएपछि राजपुतले १७ दिनदेखिको अनसन आजैका मितिबाट अन्त्य गरेकी हुन् । कानुनमन्त्री गोविन्दप्रसाद कोइराला ‘बन्दी’ले १७ दिनदेखि अनसनरत उनलाई अनसन तोडाएका हुन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजाल र निहारीका राजपुत ‘सोनाली’का बिचमा आइतबार उक्त सहमति भएको हो ।

सहमतिमा राजपुतको माग अनुसार उच्च अदालत जनकपुरमा विचराधीन मुद्दामा डिएनए परीक्षण गर्न अदालत समक्ष जाहेरवालाका तर्फवाट सरकारी बकिलले माग गर्ने सहमति भएको छ।

त्यस्तै डिएनए परीक्षणलाई बिश्वसनीय बनाउन अदालतसमक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने सहमतिको दोस्रो बुँदामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077