Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा ७५ वर्षीय वृद्ध मृत फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एक वृद्ध मृत अवस्थामा भेटिएका छन् ।

माडी नगरपालिका–३ का ७५ वर्षीय झगरु महतो मृत अवस्थामा भेटिएका हुन् ।

आइतबार साँझ ६ बजे सिमलचौर क्षेत्रमा महतोको शव भेटिएको थियो ।

शव भेटिएको क्षेत्रमा गैंडाको पाइला देखिएकाले गैंडाको आक्रमणबाट निजको मृत्यु भएको अनुमान गरिएको निकुञ्ज प्रशासनले जनाएको छ ।

वडा नं ३ बोटेसिमाराका उनी डुल्ने क्रममा गैंडाले आक्रमण गरेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077