Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गिरीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै संसद‍् बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेस नेता तथा सांसद प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित भएको छ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेको शोक प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो।

बैठकले गिरीप्रति श्रद्धाञ्जली अपर्ण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।

अर्को बैठक भोलि बिहान १० बजे बस्ने भएको छ। ७५ वर्षीय गिरीको उपचारका क्रममा शनिबार राति ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो।

समाजवादी चिन्तक एवं सांसद गिरीको आइतबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटनमा अन्त्येष्टि गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077