Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

‘प्रेमगीत ३’ को हिन्दी संस्करणका चार रोमान्टिक गीत सार्वजनिक

काठमाडौं । नेपाल र भारतका निर्माताको संयुक्त लगानीमा निर्माण भएको फिल्म ‘प्रेमगीत ३’को हिन्दी संस्करणका चार गीत रिलिज भएका छन् ।

जी म्युजिकले सार्वजनिक गरेको फिल्मका गीतहरुमा जुबिन नौटियाल, राहत फतेह अली खान, पलक मुछल, अंकित तिवारी र देव नेगीले स्वर दिएका छन् ।

‘कोही ना कोही नाता हे’मा जुबिनको स्वर र पवनदीप राजनको संगीत छ । ‘जहाँ भी जाओ ए सनम बस तु ही तु’ गीतमा खानले स्वर दिएका छन् । ‘तुम प्यार हो’ गीतमा पलक र अंकितको स्वर छ भने ‘मुझे में बस जाना’मा पलक र देवको स्वर छ ।

प्रदिप खड्का र किस्टिना गुरुङको मुख्य अभिनय रहेको चलचित्र प्रेमगीत ३ आगामी दशैँमा रिलिज हुँदैछ । भारतमा हिन्दीमा र नेपालमा नेपाली संस्करणमा फिल्म प्रदर्शन हुनेछ । नेपालमा हिन्दी संस्करणमा समेत रिलिज गर्ने भनिए पनि यसबारे निश्चित भइसकेको छैन ।

त्यस्तै, भारतीय संस्करणको टिजर समेत सार्वजनिक भएको छ । फिल्म सन्तोष सेन र चेतन गुरुङले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077