Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

अन्तर्घात छानबिन समितिले बुझायो प्रतिवेदन

काठमाडौं । नेकपा माओवादी केन्द्रले गठन गरेको चुनावमा भएको भनिएको अन्तर्घातबारे छानबिन गर्न गठन भएको समितिले प्रतिवेदन बुझाएको छ ।

सोमबार पार्टीकार्यालय पेरिसडाँडामा छानबिन गर्न गठित अनुशासन विभागका संयोजक टंक राईले पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई  प्रतिवेदन बुझाएका हुन्।

माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न अनुशासन विभागको संयोजकसमेत रहेका टंक राईको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियो।

समितिमा राईसहित खिमलाल देवकोटा र मुक्ति प्रधान रहेका थिए। स्थानीय निर्वाचनमा माओवादी केन्द्र भित्रैबाट घात-अन्तर्घात भएको आवाज उठेपछि छानबिन समिति गठन गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077