Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

माओवादी अध्यक्ष प्रचण्ड भन्छन् - निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही हुन्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही हुने बताएका छन् ।

पार्टी कार्यालय पेरीसडाँडामा समिति संयोजक टंक राइले पेश गरेको प्रतिवेदन बुझ्दै प्रचण्डले प्रतिवेदन पदाधिकारीका बीचमा छलफल हुने र आवश्यक कारबाही अघि बढाइने बताएका हुन् ।

पार्टीभित्रको अन्तर्घातबारे छानविन गर्न गठित समितिको प्रतिवेदन अनुसार कारबाही प्रकृया अघि बढाइने उनले बताए ।

पार्टीलाई अनुशासीत बनाउन प्रतिवेदनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ छ।

प्रचण्डले राजनीतिलाई सहि ढंगले अघि बढाउन र राजनीतिमा देखिएको विकृति विसंगतिलाई समाधान गर्न प्रतिवेदनको अर्थ रहने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077