Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एमाले अध्यक्ष ओली भन्छन् - जनयुद्धमा घाइते भएका लडाकुको उपचार अब एमालेले गर्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्धमा घाइते भएका लडाकुको उपचार अब एमालेले गर्ने बताएका छन्।

सोमबार पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन् ।

उनले भने, ‘प्रचण्ड गठबन्धनबाट प्रधानमन्त्री बन्ने लोभमा छन्। तीन पटक प्रधानमन्त्री बन्नुपर्‍या छ। उनले घाइतेहरुको वेवास्ता गरेका छन्। गोली लागेका लडाकुहरु एमालेको केन्द्रीय कार्यालयमा आउनुस्। तपाइँहरुको उपचार एमालेले गर्छ ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्ने लोभमा घाइते तथा द्वन्द्व पीडितको वेवास्ता गरेको बताए ।

जनयुद्धका लडाकुको व्यवस्थापनमा भन्दा प्रचण्ड परिवारको व्यवस्थापनमा लागेको ओलीले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077