Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

हवाई उद्धार गरिएकी गर्भवतीको ज्यान बच्यो, शिशुको मृत्यु

बैतडी । जिल्लाको सिगासबाट आज हेलिकप्टरमार्फत उद्धार गरिएकी गर्भवतीको ज्यान बचेको छ। सिगास गाउँपालिका–६, थलाकी २० वर्षीया बिन्दु धामीको सयमै भएको उद्धारपछि ज्यान जोगिएको हो।

नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर सुर्खेतको कर्णाली प्रादेशिक अस्पताल पुर्याएकी बिन्दुको शल्यक्रियापछि ज्यान जोगिएको उनका श्रीमान् दीपेन्द्र धामीले जानकारी दिए। बिन्दुको ज्यान जोगिए पनि शिशुको भने मृत्यु भएको छ।

शल्यक्रिया गरेपछि बिन्दुको ज्यान बचेको र लामो व्यथाका कारण शिशुको गर्भमै मृत्यु भएको शल्यक्रियामा सहभागी चिकित्सकलाई उदृत गर्दै दीपेन्द्रले बताए। लामो व्यथाले शिशुको गर्भमै मृत्यु भएको भन्ने चिकित्सक बताएका छन्।

आइबारदेखि सुत्केरी व्यथा लागेकी बिन्दुको मात्रै हेलिकप्टरबाट उद्धार गरी सुर्खेत लगिएको थियो। समयमा खबर नगरिएकाले शिशुको मृत्यु भएकाप्रति बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले दुःख व्यक्त गरे।

आइतबार थलाकाडा स्वास्थ्य चौकी पुगेकी धामी सुत्केरी हुन नसकेपछि तत्काल शल्यक्रिया गर्नुपर्ने भएपछि सोमबार उद्धार गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077