Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • विप्लव नेतृत्वको नेकपासँगको ३ बुँदे सहमति कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : गृहमन्त्री खाँण

    विप्लव नेतृत्वको नेकपासँगको ३ बुँदे सहमति कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : गृहमन्त्री खाँण

    अनलाइन नेपाल
  • सोमबार, ६ भाद्र २०७९
  • 876
    SHARES

    काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग भएको सम्झौता कार्यान्वयनमा प्रतिबद्ध रहेको बताएको छ ।

    गृहमन्त्री बालकृष्ण खाँण, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोबिन्दप्रसाद शर्मा कोइराला र महान्यायाधीवक्ता खम्मबहादुर खातीले चन्द नेतृत्वको नेकपा र २०७७ फागुन २० गते केपी ओली नेतृत्वको सरकारसँग भएको सम्झौता कार्यान्वयन हुने बताएका हुन् ।



    गृह मन्त्रालयमा सोमबार खाँण, कोइराला र खातीले संयुक्त पत्रकार सम्मेलन गर्दै चन्द नेतृत्वको नेकपासँग भएको सहमतिअनुसार काम भइरहेको बताएका हुन् । विप्लव नेतृत्वको नेकपासँगको सहमति कार्यान्वयनका लागि सरकार प्रतिबद्ध छ,’गृहमन्त्री खाँणले भने,’सरकारका विभिन्न निकायहरूले काम गरिरहेको अवस्था छ ।’



    राजनीतिक समस्याहरूलाई संवादको माध्यमबाट समाधान खोज्ने, त्यस्तै विभिन्न राजनीतिक क्रियाकलापहरूमा लाग्दाखेरि कार्यकर्ता तथा नेताहरू गिरफ्तार भएका, कारागारमा रहेका र विभिन्न मुद्दाहरू लगाइएको त्यसलाई खारेज गर्नुपर्ने पनि सहमतिमा उल्लेख थियो ।

    गृहमन्त्री खाँणले शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेदेखि नै चन्द नेतृत्वको नेकपासँग भएको सम्झौता कार्यान्वयनका लागि शीर्ष तहमा छलफल भइरहेको जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार