Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कुटपिटबाट ६८ वर्षीय वृद्धको मृत्यु, बाबु छोरा पक्राउ

काठमाडौं । कपिलवस्तुमा कुलोको विषयमा विवाद र कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको महाराजगञ्ज नगरपालिका–२ पडरियाका ६८ वर्षका अब्दुल जब्बार धुनियाको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार स्थानीय अब्दुल हक मुसलमान र उनका छोरा २० वर्षको सम्सुद मुसलमानले धुनियालाई कुटपिट गरेका थिए ।

कुटपिटबाट घाइते धुनियाको तौलिहवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । घटनामा संलग्न बाबु छोरालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077