Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कुटपिटबाट ६८ वर्षीय वृद्धको मृत्यु, बाबु छोरा पक्राउ

    कुटपिटबाट ६८ वर्षीय वृद्धको मृत्यु, बाबु छोरा पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ६ भाद्र २०७९
  • 948
    SHARES

    फाइल तस्विर

    काठमाडौं । कपिलवस्तुमा कुलोको विषयमा विवाद र कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ ।

    जिल्लाको महाराजगञ्ज नगरपालिका–२ पडरियाका ६८ वर्षका अब्दुल जब्बार धुनियाको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।



    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार स्थानीय अब्दुल हक मुसलमान र उनका छोरा २० वर्षको सम्सुद मुसलमानले धुनियालाई कुटपिट गरेका थिए ।



    कुटपिटबाट घाइते धुनियाको तौलिहवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । घटनामा संलग्न बाबु छोरालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार