Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

गाईसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

कैलाली । गाईसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१३ हिमाली टोलका ३० वर्षीय गङ्गा बोगटी रहेका छन् ।

धनगढी–१३ अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको सुपप्र ०१०११ प ३८१६ नम्बरको मोटरसाइकलले छाडा गाईलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका बोगटीको निसर्ग अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077