Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बन्दकर्ताद्धारा थापागाउँमा नेपाल यातायातको बस तोडफोड

    बन्दकर्ताद्धारा थापागाउँमा नेपाल यातायातको बस तोडफोड

    अनलाइन नेपाल
  • मंगलबार, ७ भाद्र २०७९
  • 798
    SHARES

    काठमाडौं । काठमाडौंको थापा गाउँमा नेपाल यातायात तोडफोड गरिएको छ ।

    अनामनगरबाट बानेश्वर जाँदै गरेको बा ४ ख ९०८९ नम्बरको बस बन्दकर्ताले तोडफोड गरेका हुन् ।



    नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले ढुंगा प्रहार गर्दा बसको पछाडिको भागमा क्षति पुगेको छ ।



    आफ्ना नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी भएपछि विप्लव नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्दको आयोजना गरेको हो ।

    बन्दकर्ताले कोटेश्वरमा एउटा माइक्रो र एउटा बस पनि तोडफोड गरेका छन् । सार्वजनिक सवारी तोडफोड गर्नेहरूबारे अनुसन्धान भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार