Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शिक्षक सेवा आयोगको नतिजा दशैं अगाडि

काठमाडौं । शिक्षक सेवा आयोगले गत असारमा लिएको स्थायी शिक्षक पदको नतिजा दशैं अगाडि सार्वजनिक गर्ने तयारी गरेको छ । प्रावि, निमावि र मावि तह गरी विभिन्न विषयका शिक्षकका लागि लिइएको परीक्षाको नतिजा दशैं अगाडि नै सार्वजनिक गर्ने तयारी गरेको हो ।

अहिले उत्तर पुस्तिका परीक्षणको काम भईरहेको आयोगले जनाएको छ । माध्यमिक तहमा सबै विषयमा १ हजार ५५२ कोटाका लागि विज्ञापन आह्वान गरेको थियो । जसमा ३२ हजार ९७ जना सहभागी भएका थिए ।

जसमा ३ हजार ८८८ जना उत्तीर्ण भएका थिए । त्यस्तै गत चैत १७ गते लिइएको निमाविको सामान्य परीक्षामा २० हजार ९८२ जना उत्तीर्ण भएका थिए । परीक्षामा ७६ हजार ९०६ जना सहभागी थिए ।

त्यस्तै गत १९ चैतमा लिइएको प्राविको सामान्य तर्फको परीक्षामा १९ हजार ३८५ जना उत्तीर्ण भएका थिए । परीक्षामा १ लाख २ हजार ६५८ जना सहभागी भएका थिए । आयोगले १३ हजार २९७ पदका लागि विज्ञापन आह्वान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077