Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

घरको तीन तलाबाट खसेर कीर्तिपुरमा एकको मृत्यु

काठमाडौं । घरको तीन तलाबाट खसेर काठमाडौंको कीर्तिपुरमा एक जनाको मृत्यु भएको छ।

कीर्तिपुर पाँगा बस्ने एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

मृत्यु हुनेमा ३६ वर्षीय शिव महर्जन छन्। उनी सोमबार बिहान ७ बजे आफ्नै घरको तीन तलाबाट खसेका थिए।

उनको उपचारको लागि कीर्तिपुर अस्पताल लगिएको थियो।

त्यहाँ उपचारको क्रममा मंगलबार दिउँसो सवा १ बजे मृत्यु भएको प्रहरी उपरीक्षक मैनालीले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077