Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कार्यकर्ताबाट वडाध्यक्ष सिग्देल कार्यकक्षमै कुटिएपछि...

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलमाथि कुटपिट भएको छ ।

उनीमाथि मंगलबार दिउँसो हेटौंडा ४ हुप्राचौरस्थित कार्यकक्षमै आक्रमण भएको हो । अध्यक्ष सिग्देललाई उनकै पार्टी नेकपा एमालेका जिल्ला सदस्यले पिटेको प्रहरीले जनाएको छ ।

वडा अध्यक्ष सिग्देल पार्टी सचिव समेत हुन् । वडाध्यक्ष सिग्देलमाथि एमालेको जिल्ला सदस्य सानु लामा दोङले कुटपिट गरेका हुन् । आफूले पिटाई खाए लगत्तै सिग्देलले प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

सिग्देलले आफूमाथि अन्याय प्रतिक्रिया दिए,तर कारण खुलाउन चाहेनन् । आफ्नै पार्टीको जिल्ला सचिव रहेका सिग्देललाई जिल्ला सदस्य लामाले किन हातपात गरे भन्नेबारे खुलेको छैन ।

कारवाहीका लागि माग गर्दै उजुरी दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।

सिग्देलको उजुरी परेलगत्तै हातपात गर्ने लामाको घरमा प्रहरीले छापा मारेको तर, लामा फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077