Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्रीका पीएसओ कार्कीमाथि प्रहरी प्रधान कार्यालयले थाल्यो छानबिन

काठमाडौं । प्रहरी प्रधान कार्यालयले गृहमन्त्री बालकृष्ण खाँणका पीएसओ प्रहरी वरिष्ठ नायब निरीक्षक टंक कार्कीमाथि छानबिन थालेको छ ।

उनको सुन तस्करीमा संलग्नता भएको भन्ने समाचार आएपछि प्रहरीले उनीमाथि छानबिन तथा अनुसन्धान थालेको हो ।

सञ्चारमाध्यममा प्रकाशित “सुन तस्करसँग गृहमन्त्रीको सुरक्षार्थ खटिएका पीएसओ सई कार्कीको संलग्नता” भन्ने समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको प्रहरी प्रधान कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कार्कीलाई अहिले प्रधान कार्यालय, सुपरीवेक्षण तथा अनुगमन महाशाखामा झिकाएर छानबिन गरिरहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।

छानबिन तथा अनुसन्धान पश्चात् निज दोषी देखिए कानुन बमोजिम कारबाही राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077