Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

समानुपातिकतर्फको चुनावी प्रक्रिया सुरु, दलहरुलाई निवेदन पेस गर्न आह्वान

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फको चुनावी प्रक्रिया सुरु भएको छ ।

निर्वाचन आयोगले आज सूचना निकालेर समानुपातिकतर्फ भाग लिन चाहने राजनीतिक दललाई आउँदो १० गतेदेखि १२ गतेसम्म निवेदन पेस गर्न भनेको छ ।

“मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ वा दफा ४९ बमोजिम आयोगमा दल दर्ता गर्नुपर्नेछ,” आयोगले सूचना जारी गर्दै भनेको छ, “समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई २०७९ साल भदौ १० देखि १२ गतेसम्म कार्यालय समयभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनु पर्नेछ ।”

त्यस्तै समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची पहिलोपटक असोज २२ मा र अन्तिम बन्दसूची कात्तिक ९ गते प्रकाशन गर्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077