Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रचण्ड भन्छन् - नागरिकता विधेयकमा एमालेले भ्रम छर्‍यो, ओली प्रधानमन्त्री हुँदा ल्याइएको हो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकमा नेकपा एमालेले भ्रम छर्ने काम गरेको बताएका छन् ।

चितवनको भरतपर विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले सो कुरा बताएका हुन् । सो विधेयक केपी ओली प्रधानमन्त्री हुँदा ल्याएको उनले दाबी गरे ।

‘यो त्यही विधेयक हो जो केपी ओली प्रधानमन्त्री हुँदा अध्यादेशको रुपमा लगिएको थियो,’ प्रचण्डले भने, ‘त्यही मान्छे अध्यादेशको रुपमा पोहोरसाल लगेका थिए, त्यही विधेयक अहिले संसदमा ल्याउँदा राष्ट्रघाती भन्नुजस्तो अनैतिकता केही हुन सक्दैन्।’

त्यतिबेला राज्यव्यवस्था समितिले सदनमा प्रस्ताव लान आग्रह गर्दा ओली नै नमानेका प्रचण्डको जिकिर छ।

अहिले राष्ट्रियसभामा रहेको र त्यहाँबाट पारित भएपछि पुनः राष्ट्रपति कार्यालय प्रमाणीकरणका लागि जान उनले बताए। ‘यसलाई जुन किसिमले प्रचार गरिएको छ, गलत ढंगल र गलत उद्धेश्यले प्रचार गरिएको छ।’ प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077