Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बालुवाटारमा देउवा-ओली भेट : निर्वाचन र नागरिकता विधेयकको बिषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । भेटवार्तामा आगामी निर्वाचन, संसदमा रहेको विधेयकहरूको बिषयमा छलफल भएको हो।

कांग्रेसका सभापतिसमेत रहेका देउवासँग कुराकानी गर्न अध्यक्ष ओलीसहित सुवास नेम्वाङ र विष्णु पौडेल बालुवाटार पुगेका थिए। भेटवार्तामा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी रहेको थिए ।

प्रधानमन्त्रीसँगको भेटमा ओलीले पछिल्लो समय बढेको मुल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई दबाव समेत दिएका छन्। ओलीले निर्वाचन समयमै सम्पन्न हुनुपर्नेमा समेत जोड दिएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवालेमंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

ओलीसँग भएको भेटवार्तामा प्रधानमन्त्री देउवाले चुनावको वातावरणलाई लिएर शंका नगर्न र त्यसबारे भ्रम सिर्जना नगर्न आग्रह गर्दै निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

ओलीले नागरिकता विधेयकमा राष्ट्रपतिले दिएको सुझाबलाई नसमेटेर हतार हतार पास गरेर राष्ट्रियसभामा पठाएकोमा पनि आपत्ति जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077