Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

दुबईमा रोजगारीका लागि पुगेका दाङका एक युवकको मृत्यु

दाङ । वैदेशिक रोजगारीका लागि दुबई पुगेका दाङका एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा दंगीशरण गाउँपालिका–१ कालितरा घर भई हाल शान्तिनगर गाउँपालिका–६ तिलबारी बसोबास गर्दै आएका २४ वर्षीय जगत वली रहेका छन्।

वली ५ महिनाअघि वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक दुबई गएका थिए। वली करिब १ महिनादेखि परिवारसँग पनि सम्पर्कविहीन भएका थिए।

वलीसँग कम्पनीमा काम गर्ने साथीहरुले भने भलिबल खेल्न गएको बेला कम्पनीबाट भागेको घरपरिवारलाई जानकारी दिएका छन्। बेला बेलामा वलीको फोन नम्बर र फेसबुक खुल्ने गरेपनि परिवारमा सम्पर्क नगरेको उनको परिवारले बताएको छ।

कम्पनीमा काम गर्ने साथी तथा अन्य व्यक्तिले वलीको हत्या गरेको हुन सक्ने परिवारले आशंका गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077