Jul 05 2026 | २०८३, आषाढ २१ गते

05 Jul 2026 | आइतवार, आषाढ २१ गते २०८३

आइतवार, आषाढ २१ गते २०८३
images
images

बक्सअफिसमा असफल भएपछि विक्षिप्त आमिर अमेरिका जाँदै

एजेन्सी । आमिर खानले फिल्म ‘लाल सिंह चड्ढा’का लागि तीन वर्षसम्म काम गरे । यद्यपि फिल्मलाई लिएर दर्शकले राम्रो प्रतिक्रिया दिन सकेनन् । जसकारण फिल्मले बक्स अफिसमा कमाल देखाउन सकेन ।

फिल्म बक्सअफिसमा असफल भएपछि आमिर बिदा मनाउनका लागि अमेरिका जाने योजना बनाउँदैछन् ।

आमिर नयाँ प्रोजेक्टलाई सुरु गर्नुअघि दुई महिनाका लागि अमेरिका जान लागेका हुन् । उनी ‘लाल सिंह चड्ढा’को व्यापार देखेर विक्षिप्त छन् । उनी अमेरिकामा केही समय बसेर त्यहाँ ‘लाल सिंह चड्ढा’को अन्तर्राष्ट्रिय प्रदर्शनका विषयमा छलफल गर्नेछन् ।

आमिरको आगामी फिल्म स्पोर्टस ड्रामा जनराको हुनेछ । यो फिल्म सन् २०१८ मा रिलिज स्पेनिस फिल्म ‘च्याम्पियन’को अफिसियल रिमेक हुनेछ । ओरिजिनल स्पेनिस फिल्मको कथा कमेडी ड्रामामा आधारित छ । यसको निर्देशन ‘शुभ मंगल सावधान’ फेम्ड निर्देशक आर एस प्रसन्नाले गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077