Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राजा फर्काउन शाही युवा शक्ति नेपालले नारायणहिटीमा भदौ १५ गते धर्ना दिने

काठमाडौं । राजसंस्था पुनःस्थापनाको लागि शाही युवा शक्ति नेपालले आगामी भदौ १५ गते वृहत् धर्ना कार्यक्रम गर्ने भएको छ ।

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन पुर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रोपटक राजा बनाउने उद्देश्यले नाराहिटी दरबार स्व.महेन्द्र शाहको शालिक अगाडी बिशाल धर्ना कार्यक्रमको आयोजना गरिएको जानकारी दिइएको हो ।

पत्रकार सम्मेलन बोल्दै शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले जनताहरू पहिला जस्तो गणतन्त्रमा अहिले खुसी नभएको दाबी गरे । उनले अहिलेको व्यवस्था गणतन्त्र फाल्न शाही युवा शक्ति नेपालले विभिन्न कार्यक्रम गर्दै आएको बताए ।

ज्ञानेन्द्रलाई तेस्रोपटक राजा घोषणा गर्न कञ्जुस्याइँ गर्न नहुने र सबै नागरिक देशको झण्डा बोकेर सडकमा आउनुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077