Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१८ जनाको फेसबुक ह्याक गरी पैसा ठगी गर्ने पाठक पक्राउ

काठमाडौं । फेसबुक ह्याक गरेर पैसा ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले मोरङ पथरीका २० वर्षीय किरण पाठकलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार किरणले १८ जनाको फेसबुक ह्याक गरी विभिन्न बहाना पैसा ठगी गरेका थिए। पीडितको उजुरको आधारमा उनलाई पक्राउ गरेको ब्यूरोलेले जनाएको छ ।

काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई मोरङ प्रहरीको आवश्यक समन्वयमा उनी पक्राउ परेका हुन्।

मंगलबार पक्राउ परेका उनलाई म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077