Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जलविद्युत आयोजना महँगो बनाउने गरी सरकारले नीति बनाउनु हुदैन् : कुलमान घिसिङ

    जलविद्युत आयोजना महँगो बनाउने गरी सरकारले नीति बनाउनु हुदैन् : कुलमान घिसिङ

    अनलाइन नेपाल
  • बुधबार, ८ भाद्र २०७९
  • 750
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युत आयोजना महँगो बनाउने गरी सरकारले नीति बनाउन नहुने बताएका छन् ।

    बुधबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले तनहुँ जलविद्युत् आयोजना र रहुगंगा जलविद्युत् आयोजनाका सम्बन्धमा गरेको छलफलमा बोल्दै यस्तो बताएका हुन् ।



    जलविद्युत् महँगो भएमा भारत र बंगलादेशमा विद्युत् निर्यात हुन नसक्ने उनले बताए । सरकारको नीति र नियमको कारण परियोजना महँगो हुँदै गएको बताए ।



    जलविद्युत् सस्तो वा महँगो बनाउने सरकारको गतिविधि र नीतिले निर्धारण गर्ने घिसिङले बताए । जलविद्युत् महँगो हुँदा जनतालाई समेत विद्युत् महँगो पर्न जाने घिसिङको भनाइ छ ।

    जलविद्युत उत्पादन गरेर जति सस्तो बनाउन सकियो त्यति नै भारत र बंगलादेशमा निर्यात हुने उनको दाबी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार