Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टिचिङ अस्पतालबाट नख्खु कारागारका कैदी फरार

काठमाडौं । ललितपुरस्थित नख्खु कारागारमा कैद भुक्तान गरिरहेका एक कैदी फरार भएका छन् ।

कर्तव्य ज्यानको कसुरमा कैद भुक्तान गरिरहेका ३८ वर्षीय भोला बुढाथोकी फरार भएका हुन् ।

रामेछाप घर भएका बुढाथोकी रहेको कारागार कार्यालय ललितपुरका जेलर सुवासकुमार लामिछानेले जानकारी दिए ।

बिरामी भएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ) लगिएकोमा उनी अस्पतालबाटै फरार भएका हुन् ।

उनी एक हातमा हत्कडी नै भएको अवस्थामा फरार भएको बताइएको छ । फरार भए लगत्तै प्रहरीले उनको खोजी तीव्र पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077