Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

देउवासँग ओलीको गुनासो : राष्ट्रपतिको मानमर्दन गरियो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक बहुमतका आधारमा जबरजस्ती पास गराई सरकारले राष्ट्रपतिको मानमर्दन गरेको बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग बुधबार भएको भेटमा उनले राष्ट्रिय सहमतिका आधारमा नागरिकता विधेयक पास गराउनुपर्नेमा राष्ट्रपतिलाई नै विवादतान्ने गरीमा तान्नेगरी विधेयक पास गराएको भन्दै आपत्ति जनाए।

'राष्ट्रपति कोही पार्टी वा व्यक्ति विशेषको हुन्न । हिजोपनि हामीले राष्ट्रपतिको मानसम्मान गरेका थियौं तर आज बहुमतका आधारमा जे गरिँदैछ, त्यो बेठीक छ। त्यसलाई सच्याउनु आवश्यक छ,' ओलीलाई उद्धृत गर्दै स्रोतले भन्यो।

प्रधानमन्त्री देउवाले मंगलबार साँझ ओलीसँग टेलिफोनमा कुराकानी गरेपछि बुधबार भेटघाट गर्ने वातावरण मिलेको थियो । देउवाले नै भेटघाटका लागि आग्रह गरेपछि ओली दुई उपाध्यक्ष सुवास नेम्वाङ र विष्णु पौडेलसहित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए।

भेटघाटका क्रममा ओलीले देउवासँग राष्ट्रपतिद्वारा विधेयक फिर्ता गरिएपछि कम्तीमा राष्ट्रिय सहमति खोज्ने पहल नगरेको भन्दै सरकारप्रति गुनासो गरेका थिए। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077